बागलुङ । बागलुङको जैमिनी नगरपालिका दमेकस्थित बनहुँका ४५ वर्षीय केशव नेपालीले आफ्नै ३५ वर्षीया पत्नी राधा नेपालीको हत्या गरेका छन् ।
उनले बारीमा आलु खन्ने क्रममा राधामाथि कोदालो प्रहार गरेका थिए । कोदालो प्रहारबाट घाइते राधाको उपचारका क्रममा धौलागिरि अस्पतालमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।
यस्तै जैमिनी नगरपालिका ४, सर्कुवामा आफ्नै बाबुले बुधबार साँझ १८ महिनाकी छोरीको हत्या गरेका छन् । २७ वर्षीय सायर दिनले छोरी आरिसा दिनको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा कोही नभएको समयमा सायरले छोरीको टाउकोमा प्रहार गर्दा घटनास्थलमै मुत्यु भएको हो ।
दुई छुट्टाछुट्टै घटनामा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बागलुङका दुई घटना : श्रीमानद्वारा श्रीमती र बाबुद्धारा छोरीको हत्या