काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजबाटै सुरु हुने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित आठ दलको प्रशिक्षणपछि सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका छन्।
विश्वासको मत कहिले लिनुहुन्छ भनेर सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, “विश्वासको मत अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव पछाडि। मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजैदेखि सुरु हुन्छ।”
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले बताए, “नोट गर्नुहोला, मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजैबाट सुरु हुन्छ।’’
अहिलेको गठबन्धनको आयु पाँच वर्ष रहने उनको भनाइ छ।
मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजैदेखि सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजबाटै सुरु हुने बताएका छन्।

