चन्द्र भण्डारीमा संक्रमण देखियो

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीमा हल्का इन्फेक्सन (संक्रमण) देखिएको छ।

चन्द्र भण्डारीमा संक्रमण देखियो
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीमा हल्का इन्फेक्सन (संक्रमण) देखिएको छ। उपचारमा संलग्न चिकित्सकलाई उद्दढ गर्दै भण्डारीका सहयोगी योगराज कँडेलले हल्का संक्रमण देखिएकाले एन्टीवायोटिक्स चलाएको जानकारी दिएका छन्। कँडेलका अनुसार सांसद भण्डारीमा ज्वरो छैन र अरू पारामिटर सबै सामान्य छन्। आज ड्रेसिङको काम हुनेछ। भण्डारीको उपचार आइसीयूको प्रोटोकल अनुसार भइरहेको नेता कँडेल बताए। फागुन ३ गते राति नेता भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका थिए। हाल भण्डारीको मुम्बइमा उपचार भइरहेको छ।