राष्ट्रिय प्रजातन्त्र पार्टीद्धारा कर्णाली प्रदेश सरकारको समर्थन फिर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीद्धारा कर्णाली प्रदेश सरकारको समर्थन फिर्ता
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राप्रपाले बिहिबार मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । संघमा भएको राजनीतिक समीकरणको फेरबदलका कारण राप्रपाले प्रदेशमा पनि समर्थन फिर्ता लिएको हो ।