नेपाललाई दोस्रो सफलता, सन्दीपले दिलाए विकेट

यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

नेपाललाई दोस्रो सफलता, सन्दीपले दिलाए विकेट
यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले आफ्नो स्पेलको दोस्रो ओभरमा नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । यसअघि करण केसीले पहिलो ओभरमै विकेट लिएका थिए । यो समाचार तयार पार्दा यूएईले १३ ओभर ४ बलमा २ विकेट गुमाएर ४६ रन जोडेको छ । शीर्ष ३ मा पर्ने सम्भावना कायम राख्न नेपाल र यूएई दुवैलाई यो खेल जित्नै पर्ने दबाब छ ।