विराटनगर । प्रदेश १ को नाम कोशी पारित भएको अवसरमा प्रदेश १ सरकारले बिहीबार प्रदेश भरी सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम कोशी नामकरण भएको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार प्रदेशभित्रका सवै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा विदा दिने उल्लेख छ ।
कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा भोलि सार्वजनिक विदा
बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम कोशी नामकरण भएको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।