ड्युटीमा रहेका बेला एक्कासी बेहोस भएका हवल्दारको मृत्यु

मेलैली नगरपालिका सलेना प्रहरी चौकीमा कार्यरत नविन चौधरीको ड्युटीमा रहेका बेला एक्कासी बेहोस भई लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

ड्युटीमा रहेका बेला एक्कासी बेहोस भएका हवल्दारको मृत्यु
कैलाली । बैतडीमा एक प्रहरी हवलदारको मृत्यु भएको छ । मेलैली नगरपालिका सलेना प्रहरी चौकीमा कार्यरत नविन चौधरीको ड्युटीमा रहेका बेला एक्कासी बेहोस भई लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । कैलालीको कैलारी गाउँपालिका ७ रतनपुर घर भएका प्रहरी सहायक हवल्दार नवीन चौधरी (३२) को ड्युटीका क्रममा एक्कासी बेहोस भई लडेपछि उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रेम शाहीले जानकारी दिए ।