कांग्रेसद्वारा कोशी प्रदेश नामकरण मा दिएको समर्थन फिर्ता

प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोशी प्रदेश नामकरणका लागि दिएको समर्थन फिर्ता लिएको छ ।

कांग्रेसद्वारा कोशी प्रदेश नामकरण मा दिएको समर्थन फिर्ता
मोरङ । प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोशी प्रदेश नामकरणका लागि दिएको समर्थन फिर्ता लिएको छ । उक्त प्रस्तावमा समर्थक बसेका कांग्रेसका प्रदेश सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ताका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् । कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले कोशी प्रदेश नामकरण प्रस्तावमा एमाले प्रस्तावक र कांग्रेस र माओवादी केन्द्र समर्थक बस्ने सहमति भएको बताए । तर प्रस्ताव दर्ता गराउने बेलामा माओवादी पूर्वसहमति अनुसार समर्थक नबसेकाले कांग्रेस पनि समर्थन फिर्ता लिएको उनको भनाइ छ । उनले समर्थन फिर्ता लिए पनि मतदान कोशी प्रदेशमा नै गर्ने बताए ।