काठमाडौं । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा जारी केन्द्रीय कार्यसमितिको बैठकमा विवादको अवस्था सिर्जना भएको छ। बैठक चलिरहेको अवस्थामा पदाधिकारीबीचमा विवाद भएर हात हालाहालको अवस्था सिर्जना भएको हो।
बैठकका लागि एन्फाले सुरुमा १९ एजेन्डा राखेको थियो। त्यसमा पछि बहुमत केन्द्रीय सदस्यहरुले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीको माग गर्दै ६ एजेन्डा थप गर्न माग गरेका थिए।
तर एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले एजेन्डा थप गर्न नमानेपछि बैठकमै हात हालाहालको अवस्था सिर्जना भएको हो। एन्फाका २१ सदस्यमध्ये बैठकअघि १२ सदस्यहरुले एजेन्डा थप गर्न माग गरेका थिए।
उनीहरुले अध्यक्षले पेलेर बैठक चलाएको भन्दै उपस्थितिमा हस्ताक्षर गरेका छैनन्।
एन्फा बैठकमा हात हालाहाल
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा जारी केन्द्रीय कार्यसमितिको बैठकमा विवादको अवस्था सिर्जना भएको छ।

