ग्रीसमा रेल दुर्घटना हुँदा २९ जनाको मृत्यु,दर्जनौँ घाइते

ग्रीसमा भएको रेल दुर्घटनामा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

ग्रीसमा रेल दुर्घटना हुँदा २९ जनाको मृत्यु,दर्जनौँ घाइते
ग्रीस । ग्रीसमा भएको रेल दुर्घटनामा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । दुईवटा रेल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। मंगलबार साँझ उत्तरी ग्रीसमा दुर्घटनाको भएको हो। दुर्घटनास्थलमा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यात्रुवाहक रेल र मालवाहक रेल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनाको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।