काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं संसदीय दल नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दल कार्यसमितिमा रहेका सदस्यहरूसँग छलफल गरेका छन्।
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा देउवाले छलफल गरेका हुन्।
सभापति देउवाले धुम्बाराहीस्थित निवासमा प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दल कार्यसमितिमा रहेकाहरूसँग समसामयिक राजनीतिक घटनाक्रम र अब कसरी अघि बढ्ने भन्नेलगायत विषयमा बुधबार बिहान कुराकानी गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बारेमा देउवाले गरे छलफल
नेपाली कांग्रेसका सभापति एवं संसदीय दल नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दल कार्यसमितिमा रहेका सदस्यहरूसँग छलफल गरेका छन्।

