प्रहरीको भ्यानबाट फरार भएका थुनुवा ७२ घण्टापछि पक्राउ

प्रहरीको भ्यानबाटै फरार भएका बलात्कार आरोपी ७२ घण्टापछि पक्राउ परेका छन् ।

प्रहरीको भ्यानबाट फरार भएका थुनुवा ७२ घण्टापछि पक्राउ
काठमाडौं । प्रहरीको भ्यानबाटै फरार भएका बलात्कार आरोपी ७२ घण्टापछि पक्राउ परेका छन् । धनुषा जिल्ला अदालतबाट दोस्रोपटक १० दिन म्याद थप गरेर फर्किंदै गर्दा फरार भएका सबैला नगरपालिका १३ का राजाबाबु मुखिया मंगलबार राति सवा १२ बजे पक्राउ परेका हुन् । मुखियालाई धनुषाकै जनकनन्दनी गाउँपालिका(१ इनर्वास्थित भारतीय सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । म्याद थपका क्रममा भ्यानबाट नजिकैको नहरमा हाम फालेर फरार भएका मुखिया यही फागुन ५ गते पक्राउ परेका थिए । भ्यानमा थनुवा सुरक्षार्थ खटिएका ६ जना कर्मचारीमाथि पनि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।