चितवन २ को उपनिर्वाचनमा १८ दलले भाग लिँदै

चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दलले भाग लिन पाउने भएका छन्।

चितवन २ को उपनिर्वाचनमा १८ दलले भाग लिँदै
काठमाडौं । चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दलले भाग लिन पाउने भएका छन्। बैशाख १० मा हुने उपनिर्वाचनका लागि फागुन १६ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका १८ दलहरुले मात्रै भाग लिन पाउने भएका हुन्। निर्वाचन आयोगले चितवन २को उपनिर्वाचमा भाग लिन दल दर्ताका लागि आह्वान गर्दै आजसम्मको समयसीमा दिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रबि लामिछानेको सांसद् पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि चितवन २ मा उपनिर्वाच हुँदैछ।