सेयर बजार ३.८१ अंकले घट्यो

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा ओरालोे लागेको छ ।

सेयर बजार ३.८१ अंकले घट्यो
काठमाडाैँ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा ओरालोे लागेको छ । नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ अंकले घटेर ३८१.९३ विन्दुमा पुगेको छ। यसैगरी सोमबार पनि सेयर बजार घटेको थियो । सोही दिन नेप्से परिसूचक​मा ३.६५ अंकले ओरालो लागेको र एक अर्ब ८९ करोडभन्दा बढी रुपैयाँको कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा मंगलबार कूल २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब रुपैयाँ ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।