इजरायलमा आलोपालो प्रधानमन्त्री बन्ने नेतन्याहुको प्रस्ताव, आज निर्णायक वार्ता हुने

निर्वाचनपछिको गतिरोध र समयसीमागत अक्टोबर २७ मा सम्पन्न इजरायली संसदीय निर्वाचनमा कुनै पनि गठबन्धनले स्पष्ट बहुमत ल्याउन नसकेपछि मुलुक राजनीतिक गतिरोधमा फसेको छ। निर्वाचनपछि राष्ट्रपति आइज्याक हर्जोगले आइजेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका थिए।

इजरायलमा आलोपालो प्रधानमन्त्री बन्ने नेतन्याहुको प्रस्ताव, आज निर्णायक वार्ता हुने

जेरुसेलम । इजरायलका कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना मुख्य प्रतिद्वन्द्वी तथा पूर्वसैन्य प्रमुख गादी आइजेनकोटसमक्ष आलोपालो (रोटेसन) प्रणालीमा प्रधानमन्त्री बन्ने प्रस्ताव राखेका छन्। प्रस्तावअनुसार राष्ट्रिय एकताको सरकार गठन गरी कार्यकालको पहिलो चरणमा आइजेनकोटले प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गर्नेछन् भने नेतन्याहु वैकल्पिक प्रधानमन्त्रीका रूपमा रहनेछन्। यस अप्रत्याशित प्रस्तावपछि दुवै नेता आइतबार बिहान गठबन्धन वार्तामा बस्न सहमत भएका छन्।

शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक भिडियो तथा विज्ञप्ति जारी गर्दै लिकुड पार्टीका नेता नेतन्याहुले संसदमा आफ्नो पार्टीको सिट संख्या आइजेनकोटको याशार पार्टीभन्दा बढी भएकाले स्वाभाविक रूपमा आफूले नेतृत्व पाउनुपर्ने भए पनि देशको संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै त्यो सिद्धान्त त्याग्न तयार रहेको बताएका छन्।

गम्भीर अस्तित्वको खतरा र त्यसको सामना गर्न नसक्ने कमजोर सरकार बन्ने सम्भावनालाई ध्यानमा राख्दै, एक नेताको रूपमा मेरो जिम्मेवारीले मलाई ठूलो दलको नेतृत्वको सिद्धान्तसहित सबै कुरा पन्छाउन बाध्य बनाएको छ, नेतन्याहुले भनेका छन्।

यद्यपि, इजरायली सञ्चारमाध्यमहरूका अनुसार नेतन्याहुले आइजेनकोटलाई सत्ता हस्तान्तरण गर्नुअघि इरानसँगको तनावको कारण देखाउँदै थप तीनदेखि चार महिना आफू नै पदमा रहन चाहेको सर्त अघि सार्न सक्ने देखिएको छ।आइजेनकोटको प्रतिक्रिया र २४ घण्टे अल्टिमेटममध्यमार्गी याशार पार्टीका नेता आइजेनकोटले नेतन्याहुको प्रस्तावमाथि प्रतिक्रिया दिँदै लिकुड पार्टी वास्तविक एकताका लागि तयार भए आगामी २४ घण्टाभित्रै त्यसको गम्भीरता जाँच्न आफू तयार रहेको बताएका छन्।

उनले विगत तीन सातादेखि आफ्नो टोलीले गोप्य च्यानलमार्फत पठाएको नीतिगत प्रस्तावमा नेतन्याहुले कुनै ठोस जवाफ नदिएको उल्लेख गर्दै आधारभूत नीति र मार्गनिर्देशनमा तत्काल वार्ता गर्न आमन्त्रण गरेका थिए। आइजेनकोटको निमन्त्रणालाई स्वीकार गर्दै लिकुड पार्टीले आइतबार बिहान १० बजे हर्जलियास्थित डान अकाडिया होटलमा दुई नेताबीच वार्ता हुने पुष्टि गरेको छ।

निर्वाचनपछिको गतिरोध र समयसीमागत अक्टोबर २७ मा सम्पन्न इजरायली संसदीय निर्वाचनमा कुनै पनि गठबन्धनले स्पष्ट बहुमत ल्याउन नसकेपछि मुलुक राजनीतिक गतिरोधमा फसेको छ। निर्वाचनपछि राष्ट्रपति आइज्याक हर्जोगले आइजेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका थिए।

आइजेनकोटले गठबन्धन बनाउन संघर्ष गरिरहेका बेला शुक्रबार मात्र राष्ट्रपतिबाट मिल्ने १४ दिनको अतिरिक्त समय नलिई आगामी डिसेम्बर ६ को आधिकारिक समयसीमाभित्रै नयाँ सरकारको घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए। उनले नेतन्याहुमाथि नयाँ निर्वाचन गराउने उद्देश्यले वार्ता लम्ब्याएको आरोप लगाउँदै आएका छन्।