बुर्तिबाङ । बागलुङको बडिगाडमा जारी न्वागी मेलामा राखिएको रोटे पिङ भाच्चिँदा एक जना महिला गम्भीर घाइते भएकी छन् । गुल्मीको मालिका गाउँपालिका घर भएकी एक महिला गम्भीर घाइते भएकी हुन् ।
उनको नजिकै रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पिङ सञ्चालक तमानखाेला गाउँपालिकाको भएको र प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

