फाइल तस्बिर
बाजुरा। बाजुरामा शुक्रबार राति भएको ट्रयाक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
जगनाथ गाउँपालिको पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सु.प.प्र.०१–००२ त ४६८७ ट्र्याक्टर दाउणामा दुर्घटना भएको हो । दुर्घनामा जगन्नाथ –३ मनिकाँडाका ४५ वर्षीय धनरुप शाही, ३५ वर्षीय धर्म शाही र ५२ वर्षीया नामसरा देवी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक गगनसिह भाटले जानकारी दिए ।
दुर्घटनामा जगन्नाथ–३ मनिकाँडाका ४० वर्षीय बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया सङ्गीता शाही र २१ वर्षीय चालक बोहरा घाइते भएका छन् । उनीहरुको कोल्टी अस्पतालमा उपचार भइरहेको छ।
अछामको रामारोसन गाउँपालिका–४ का २१ वर्षीय नवीन बोहराले चलाएको ट्र्याटर अनियन्त्रित हुँदा सडक भन्दा करिब पाँच सय मिटर तल खसेको थियो ।

