बागलुङ । बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन केन्द्रीय विद्युतको पहुँचमा पुगेको छ । ढोरपाटन उपत्यका बिहीबारदेखि केन्द्रीय विद्युत प्रसारण प्रणालीमा जोडिएको छ ।
बुर्तिबाङदेखि ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी विद्युत् प्रसारण लाइन बिहीबारदेखि नियमित सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण शाखा प्रमुख दिलिप मरासिनीलेले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणको १८ करोड लागतमा निर्माण गरिएको उक्त प्रसारण लाइन करिब ३५ किलोमिटर लामो छ । लाई विस्तारको कामसम्पन्न भए पनि विभिन्न प्राविधिक समस्याका कारण विद्युत सञ्चालनमा आउन सकेको थिएन । प्रशारण लाईनको आवश्यक मर्मत तथा विभिन्न प्राविधिक समस्या समाधानपछि विद्युत सेवा सञ्चालनमा आएको छ ।
वितरण केन्द्रले सम्बन्धित निकायसँग समन्वय गरी प्राविधिक समस्या समाधान तथा आवश्यक मर्मत गरेपछि विद्युत् आपूर्ति सुरु हो । ढोरपाटनमा विद्युत आएपछि यहाँको जनजीवन सहज हुँने ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगरले बताए । लघुजलविद्युत र सोलारमा निर्भर ढोरपाटन उपत्यकामा मौसममा खराबी आउदा सञ्चार सम्पर्क समेत विच्छेद हुँदै आएको थियो ।

