पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अनुमति

शुक्रबार जिल्ला अदालत, काठमाडौंले अर्याललाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। भारतको दिल्लीमा पक्राउ परेका अर्याललाई सिलगुडी हुँदै बिहीबार पूर्वी नाकाबाट नेपाल ल्याइएको थियो।

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न चार दिन म्याद थप भएको छ।

शुक्रबार जिल्ला अदालत, काठमाडौंले अर्याललाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। भारतको दिल्लीमा पक्राउ परेका अर्याललाई सिलगुडी हुँदै बिहीबार पूर्वी नाकाबाट नेपाल ल्याइएको थियो।

उनलाई म्याद थपका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार जिल्ला अदालतमा उपस्थित गराएको थियो। उनीविरुद्ध ठगी तथा संगठित अपराधमा सीआईबीले अनुसन्धान गरिरहेको छ।