राष्ट्रपतिलाई रविले भेटेपछि पुगे प्रधानमन्त्री बालेन

सरकारले सिफारिस गरेका ३ वटा अध्यादेश राष्ट्रपति कार्यालयमा होल्ड छ। आजै रास्वपा सभापति रवि लामिछानेले शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटवार्ता गरेका थिए।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री बालेन शाह शीतल निवास पुगेका छन्।

अपराह्न ३ बजे प्रधानमन्त्री शाह शीतल निवास पुगेका थिए। अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता जारी छ।