इलाम केन्द्रविन्दु भएर भूकम्प

इलाम केन्द्रविन्दु भएर मंगलबार विहान भूकम्प गएको छ।

इलाम केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं । इलाम केन्द्रविन्दु भएर मंगलबार विहान भूकम्प गएको छ। विहान १० बजेर ३ मिनेटमा इलामको माइमझुवा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार यो भूकम्प परकम्प नभई नयाँ भूकम्प हो। यसअघि फागुन १ गते र १० गते क्रमशः ताप्लेजुङमा ४.८ र बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।