राष्ट्रपति र उपराष्ट्रपति चुनिएपछि रिक्त हुने क्षेत्रमा वैशाख १० मै उपनिर्वाचनको तयारी

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति चुनिएपछि रिक्त हुने निर्वाचन क्षेत्रमा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने तयारी थालेको छ।

राष्ट्रपति र उपराष्ट्रपति चुनिएपछि रिक्त हुने क्षेत्रमा वैशाख १० मै उपनिर्वाचनको तयारी
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति चुनिएपछि रिक्त हुने निर्वाचन क्षेत्रमा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने तयारी थालेको छ। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि कुनैपनि क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पद रिक्त भए वैशाख १० मै निर्वाचन गर्ने तयारी रहेको आयोगले जनाएको छ। चितवन–२ मा रिक्त भएको प्रतिनिधिसभा सदस्य पदका लागि वैशाख १० मा उपनिर्वाचन घोषणा गरेको आयोगले सोही दिन राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त हुने पदहरूमा निर्वाचन गर्ने तयारी गरेको आयोगका एक आयुक्तले जानकारी दिए। फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमै निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन्।