नेपाल प्रहरीका ४९ जना एसपीको पूर्वानुमान योग्य सरुवा सूची सार्वजनिक

प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले मंसिर ८ गते सूचना जारी गर्दै नेपाल प्रहरीको सरुवा सम्बन्धी मापदण्ड–२०७९ (संशोधन सहित)ु को अधीनमा रही सम्भावित नामावली सार्वजनिक गरेको हो।

नेपाल प्रहरीका ४९ जना एसपीको पूर्वानुमान योग्य सरुवा सूची सार्वजनिक

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले कार्यालय प्रमुखको दरबन्दीमा सरुवा हुने सम्भावित ४९ जना प्रहरी उपरीक्षक (एसपी)हरूको पूर्वानुमान योग्य सरुवा सूची प्रकाशन गरेको छ।

प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले मंसिर ८ गते सूचना जारी गर्दै नेपाल प्रहरीको सरुवा सम्बन्धी मापदण्ड–२०७९ (संशोधन सहित)ु को अधीनमा रही सम्भावित नामावली सार्वजनिक गरेको हो।

हाल सरुवा अवधि पुगेका कार्यालयहरूमा यसै सूचीअनुसार कार्यालय प्रमुख खटाइने र बाँकी रहेका एसपीहरूलाई आगामी सरुवामा समेत यही सूचीबाट सम्बोधन गरिने प्रधान कार्यालयले जनाएको छ।