काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा) सर्वसम्मत चयन भएका छन् ।
देउखुरीको पाखापानीमा सोमबार राति सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट थापा सभापतिमा सर्वसम्मत निर्वाचित भएको प्रदेश अधिबेशन संयोजक गेहेन्द्र गिरीले बताए ।
प्यूठान जिल्ला निवासी थापाले यसअघि लुम्बिनी प्रदेश सरकारमा यातायात र शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
अधिवेशनबाट अन्य पदाधिकारी तथा सदस्यका लागि पनि सर्वसम्मत सहमति जुटाउने प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ ।

