काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो । मंगलबार बिहान सवा ७ बजेको समयमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प र यसको केन्द्रविन्दुबारे अहिलेसम्म औपचारिक विवरण सार्वजनिक भएको छैन । यद्यपि, गुगलमा नेपालको पूर्वी क्षेत्रस्थित नेपाल, भारत र भुटान तथा चीन क्षेत्र आसपास केन्द्रविन्दु भएर भूकम्प गएको देखाइएको छ ।
गुगलमा कोशी प्रदेशको लेलेपबाट ९ किलोमिटर टाढा केन्द्रविन्दु रहेको विवरण उल्लेख छ । यो आज बिहान ७:१७ बजेको रेकर्ड हो । उक्त भूकम्प ५.३ म्याग्निच्युट रेकर्ड भएको छ ।

