भन्सार अधिकृत र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरू दुवै जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भन्सार अधिकृत र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, वैदेशिक हुलाक शाखा, डिल्लीबजारमा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरू दुवै जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कुरियर कम्पनीमार्फत् विदेशमा विभिन्न सामान पठाउने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले यसअघि उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा दुवै जनाले आफ्नो पद र ओहदाको दुरुपयोग गरी बदनियत राखी आपसी मिलेमतो र पूर्वयोजनामा सेवाग्राहीको सामान विदेश पठाउन विभिन्न बहाना बनाई बार्गेनिङ गरी ९ हजार ५ सय रूपैयाँ घुस लिएको पुस्टि भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।