मुन्सेको शतकमा सुदूरपश्चिम रोयल्सले एनपीएलको उपाधि जित्यो

लक्ष्य पछ्याउँदा मुन्साेकाे आँधीबेहरीटस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले लुम्बिनीलाई २० ओभरमा ६ विकेट गुमाएर १५५ रन मा रोकेको थियो ।

मुन्सेको शतकमा सुदूरपश्चिम रोयल्सले एनपीएलको उपाधि जित्यो

काठमाडौं । ओपनर जर्ज मुन्सेको कीर्तिमानी तथा विस्फोटक अविजित शतकमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको हो ।

लक्ष्य पछ्याउँदा मुन्सीको आँधीबेहरीटस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले लुम्बिनीलाई २० ओभरमा ६ विकेट गुमाएर १५५ रन मा रोकेको थियो । १५६ रनको चुनौतीपूर्ण देखिने लक्ष्य सुदूरपश्चिमले मात्र १३.३ ओभरमा बिना कुनै विकेट गुमाई १५८ रन बनाउँदै सहजै पूरा गर्‍यो।

इनिङ्सको सुरुवातदेखि नै आक्रामक देखिएका जर्ज मुन्सीले ५४ बल सामना गर्दै ८ चौका र १२ छक्का प्रहार गरी अविजित १२५ रन जोडे। अर्को छेउबाट कप्तान तथा ओपनर विनोद भण्डारीले २७ बलमा ३ चौकासहित अविजित ३० रन बनाउँदै मुन्सीलाई ठोस साथ दिए। दुवै ब्याट्सम्यानबीच पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी बन्यो।

कसिलो बलिङ र लुम्बिनीको इनिङ्सत्यसअघि पहिलो इनिङ्समा ब्याटिङ गरेको लुम्बिनी लायन्सका लागि दिलिप नाथले ३१ बलमा ३ छक्कासहित अविजित सर्वाधिक ३९ रन जोडे। कप्तान रोहित पौडेलले ३१ बलमा ३० रन, निरोशन डिक्वेलाले १७ बलमा २८ रन, अली शेखले १२ बलमा २४ रन तथा डार्सी सर्टले १८ बलमा २१ रनको योगदान दिए।

सुदूरपश्चिमका बलरमध्ये स्कट कुग्गेलैनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। कप्तान दीपेन्द्र सिंह ऐरी, हेमन्त धामी र थरिन्दु रत्नायकेले समान १–१ विकेट हात पारे। लगातार तेस्रो फाइनलमा पहिलो सफलता यसअघि एनपीएलका दुवै संस्करणको फाइनलमा पराजित भएको सुदूरपश्चिम रोयल्सका लागि यो लगातार तेस्रो फाइनल यात्रा थियो।