विवादास्पद अडियोबारे रास्वपा सांसद न्यौपाने के भन्छन् ?

उनले जनताले दिएको अभूतपूर्व अवसरलाई सदुपयोग गर्दै सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिनुपर्ने बताएका छन् ।

विवादास्पद अडियोबारे रास्वपा सांसद न्यौपाने के भन्छन् ?

काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको राजनीतिक संवादसहितको विवादास्पद अडियो सार्वजनिक भएपछि सांसद श्रीराम न्यौपानेले त्यसबारे स्पष्टीकरण दिएका छन् ।

शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । शेरबहादुर देउवा, केपी शर्मा ओली र पुषपकमल दाहाल ‘प्रचण्ड’को विगतको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको अपेक्षाकै कारण रास्वपाले अत्यधिक मत पाएको उनले बताएका छन् ।

उनले जनताले दिएको अभूतपूर्व अवसरलाई सदुपयोग गर्दै सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिनुपर्ने बताएका छन् ।

‘जनताले दिएको यो अभूतपूर्व अवसरलाई सदुपयोग गर्दै सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिन सक्नुपर्छ । जनताको अपेक्षाअनुसार काम गरेर परिणाम घरदैलोसम्म पुर्‍याउन सकेनौँ भने आगामी निर्वाचनमा हामीले पनि विगतका राजनीतिक दलहरूले सामना गरेको जनविश्वासको संकट बेहोर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भनेका छन् ।

‘हाम्रो अनौपचारिक छलफल र संवादको मूल निष्कर्ष यही थियो– जनताले दिएको मत र विश्वास स्थायी होइन ? त्यसलाई काम, इमानदारी र नतिजाबाट प्रमाणित गर्नुपर्छ । यथार्थ पनि यही नै हो,’ न्यौपानेले भनेका छन् ।