स्थानीय चुनावबारे छलफल गर्न निर्वाचन आयोगमा शीर्ष नेता

त्यस्तै, रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेल, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईलगायतका नेताहरू पनि छलफलमा सहभागी रहेका छन्।

स्थानीय चुनावबारे छलफल गर्न निर्वाचन आयोगमा शीर्ष नेता

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी र व्यवस्थापनका विषयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल सुरु गरेको छ।

शुक्रबार आयोगमा आयोजित छलफलमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी भएका छन्।

छलफलमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।

त्यस्तै, रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेल, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईलगायतका नेताहरू पनि छलफलमा सहभागी रहेका छन्।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले राजनीतिक दलसँग परामर्श थालेको हो।