काठमाडौं । काठमाडौंको टोखामा एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली प्रहार गर्दा ज्यान गुमाएका छन् । मृत्यु हुनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसरका एसपी दानबहादुर थापाका अनुसार, ढकालले बिहीबार राति आफ्नै कोठामा आफूमाथि गोली प्रहार गरेका थिए ।
घटनालगत्तै गम्भीर घाइते भएका उनलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतक ढकाल उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओका रूपमा कार्यरत थिए ।

