अनुसन्धान विभागका अनुसन्धान अधिकृतकै 'शैक्षिक प्रमाणपत्र' नक्कली

चौधरीले ती प्रमाणपत्र बढुवा र पदस्थापन प्रयोजन निम्ति प्रयोग गरेको ठहर आयोगको छ । आयोगले बिहीबार विशेष अदालतमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो ।

अनुसन्धान विभागका अनुसन्धान अधिकृतकै 'शैक्षिक प्रमाणपत्र' नक्कली

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामबाबुप्रसाद चौधरीका शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको छ । चौधरीको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहरपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ ।

चौधरीले ती प्रमाणपत्र बढुवा र पदस्थापन प्रयोजन निम्ति प्रयोग गरेको ठहर आयोगको छ । आयोगले बिहीबार विशेष अदालतमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार, चौधरीले बिहार इन्टरमिडियट एजुकेसन काउन्सिलबाट जारी भएका माक्र्स स्टेटमेन्ट, प्रोभिजिनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट, कन्डक्ट सर्टिफिकेट समेत झुठा तथा नक्कली प्रमाणपत्र पेश गरेका थिए ।

तिनै सर्टिफिकेटका आधारमा अनुसन्धान विभागको उपसचिव सरहको प्रमुख अनुसन्धान अधिकृतसम्म बढुवा लिँदै प्रमुख अनुसन्धान अधिकृत भए ।

आयोगले नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवकको ओहोदा, लाभ र सुविधा समेत प्राप्त गरेको पुष्टि भएकाले चौधरीविरुद्ध कैद तथा जरिबाना माग गरी भ्रष्टाचार मुद्दा लगाएको हो ।