काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल जोडिएका छन् ।
उक्त प्रकरणमा अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको र उनी फरार रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।
मलेसिया जाने श्रमिकसँग जोडिएको ठगी प्रकरणको अनुसन्धानका क्रममा अर्यालको नामसमेत जोडिएको हो ।
नेपाली श्रमिकमाथि संगठित रूपमा ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो ।

