एनपिएल : आज दोस्रो क्वालिफायरका लागि चितवन र सुदूरपश्चिम भिड्दै

लिग चरणको खेलमा चितवनलाई सुदूरपश्चिमले ५ विकेटले हराएको थियो। दोस्रो भेटमा पनि हराउँदै पुनः लुम्बिनीसँगको भेट पक्का गर्ने मौका सुदूरपश्चिमलाई छ।

एनपिएल : आज दोस्रो क्वालिफायरका लागि चितवन र सुदूरपश्चिम भिड्दै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा आज दोस्रो क्वालिफायरको खेल हुँदै छ। त्रिवि मैदान कीर्तिपुरमा साँझ ५ बजे सुरू हुने दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्दैछ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्न लागेको हो।

बुधबार काठमाडौं गोर्खाजलाई पराजित गर्दै चितवनले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।

लिग चरणको खेलमा चितवनलाई सुदूरपश्चिमले ५ विकेटले हराएको थियो। दोस्रो भेटमा पनि हराउँदै पुनः लुम्बिनीसँगको भेट पक्का गर्ने मौका सुदूरपश्चिमलाई छ।

चितवन लिग चरणको हारको बदला लिँदै फाइनल पुग्ने दाउमा रहनेछ। दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि लुम्बिनी लायन्ससँग खेल्नेछ।