काठमाडौँ । गोरखाको उत्तरी भागमा पर्ने धार्चे गाउँपालिकामा रहेको माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।
विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित ४.५५ मेगावाटको उक्त आयोजनाको सोमबार प्रधानमन्त्री कार्यालयमा भएको एक समारोहमा विद्युत् आयोजनाको भर्चुअल रूपमा टर्बाइन सञ्चालन गरी उद्घाटन गरेका हुन् ।
आयोजनाको उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताए ।
आफू सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लागेको जनाउँदै गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको सुरुवात भएको उनको भनाइ थियो ।
प्रधानमन्त्री द्धारा विकास हाइड्रोको उद्घाटन
गोरखाको उत्तरी भागमा पर्ने धार्चे गाउँपालिकामा रहेको माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।

