नेपाल प्रहरीका इन्स्पेक्टर केसी काठामै मृत फेला

‘राति सुतेपछि बिहान किन उठ्नु भएन भनेर बोलाउन जाँदा उहाँ मृत अवस्थामा भेटिनुभएको हो। शंकास्पद केही देखिएन,’ डिएसपी विश्वकर्माले भने।

नेपाल प्रहरीका इन्स्पेक्टर केसी काठामै मृत फेला

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वत केसी मृत फेला परेका छन्।

मंगलबार बिहान साढे ९ बजेतिर आफ्नो कोठामा सुतेकै अवस्थामा उनी मृत फेला परेको कार्यालयका डिएसपी विरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

उनका अनुसार केसीलाई उठाउन खोज्दा नउठेपछि कोठाको ढोका फोडेर भित्र हेरिएको थियो।

‘राति सुतेपछि बिहान किन उठ्नु भएन भनेर बोलाउन जाँदा उहाँ मृत अवस्थामा भेटिनुभएको हो। शंकास्पद केही देखिएन,’ डिएसपी विश्वकर्माले भने।

५२ वर्षीय केसीको परिवार दाङ घर भई नेपालगन्जमा बस्दै आएको छ। उनी नेपाल प्रहरीमा २०५२ मा प्रवेश गरेका थिए । ‍उनका आफन्त आएसँगै अन्त्येष्टिको तयारी भइरहेको डिएसपी विश्वकर्माले बताए।