कप्तान दीपेन्द्रको अर्धशतकले जोगिएको सुदूरपश्चिमको इनिङ्स, लुम्बिनीलाई १०६ रनको चुनौती

लुम्बिनीका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिमलाई सस्तैमा समेटे। रुबेन ट्रम्पेलम्यानले ४ ओभरमा मात्र १४ रन खर्चेर २ विकेट लिए भने शेर मल्लले २ तथा किशोर महतोले १ विकेट हात पारे। फाइनलमा स्थान बनाउन लुम्बिनीले अब २० ओभरमा १०६ रन बनाउनुपर्नेछ।

कप्तान दीपेन्द्रको अर्धशतकले जोगिएको सुदूरपश्चिमको इनिङ्स, लुम्बिनीलाई १०६ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितका लागि १०६ रनको सामान्य लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन मात्र बनायो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५२ रन (५१ बल, ३ चौका, १ छक्का) को अर्धशतकीय पारी खेले। तल्लो क्रममा स्कट कुग्गेलेइनले अविजित ७ र अनिल खरेलले अविजित २ रन जोडे।