काठमाडौं । काठमाडौंबाट रारा तालतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आइतबार मुगुको छायानाँथ रारा नगरपालिका ७ टोप्लास्थित कच्ची सडक खण्डमा बा १७ च १८६४ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। प्रहरीका अनुसार, यात्रुबाहक गाडी सडकबाट अन्दाजी ६ सय मिटर तल खसेको हो।
दुर्घटनामा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, ललितपुर महानगरपालिका १५ की ५४ वर्षीया अन्जु थापा र ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन्। कञ्चनले गाडी चलाइरहेका थिए।
जिल्ला प्रहरी कार्यालय, मुगुबाट प्रहरी नायव उपरीक्षक रविराज थपलिया विमानस्थल सुरक्षा गार्ड, ताल्चाबाट प्रहरी नायव निरीक्षक डम्बरबहादुर अधिकारीको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो। प्रहरी र स्थानीय बासिन्दाले घाइतेलाई जिल्ला अस्पताल पु¥याएका थिए।
घाइतेलाई अस्पताल पु¥याउने वितिक्कै चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका थिए। दुई जना घाइतेको मुगु अस्पतालमै उपचार भइरहेको छ।

