एनपीएल–३ : लयमा देखिएका यी हुन् चार नेपाली क्रिकेटर

त्यसपछि लगातार दुई खेलमा विकेटविहीन भएका उनले पाँचौँ खेलमा दुई विकेट लिँदै पुनरागमन गरे । त्यसपछिका दुई खेलमा क्रमशः एक र तीन विकेट लिए ।

एनपीएल–३ : लयमा देखिएका यी हुन् चार नेपाली क्रिकेटर

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट दोस्रो चरणमा प्रवेश गर्ने क्रममा छ । प्रतियोगितामा प्लेअफ पुग्ने चार टोलीको टुंगो लागिसकेको छ । यसपालि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डू गोर्खाज र चितवन राइनोजले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

प्रतियोगिताको लिग चरणका खेलहरू जारी रहँदा यसपटक केही नेपाली युवा खेलाडीले आफ्नो प्रदर्शनबाट विशेष चर्चा बटुलेका छन् ।

एनपीएलको प्रत्येक संस्करणले नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्दै आएको छ । यसपटक पनि केही युवा खेलाडीले प्राप्त अवसरलाई सदुपयोग गर्दै आफ्नो उपस्थितिलाई बलियो बनाएका छन् ।

बलिङतर्फ राहुल यादव र रिजन ढकाल तथा ब्याटिङतर्फ लोकेश बम, रशिद खान लगायतले प्रभावशाली प्रदर्शन गरेका छन् ।

ट्यालेन्ट हन्टबाट ‘गोल्डेन क्याप’को दौडमा राहुल

यस संस्करणमा सर्वाधिक चर्चा कमाउन सफल खेलाडीमध्ये एक हुन् युवा तीव्रगतिका बलर राहुल यादव । जनकपुर बोल्ट्समा आबद्ध राहुल ‘ट्यालेन्ट हन्ट’मार्फत छनोट भएर टोलीमा जोडिएका हुन् । पहिलो सहभागितामै उनले आफ्नो बलिङ क्षमताबाट समर्थक तथा क्रिकेटप्रेमीको ध्यान खिच्न सफल भएका छन् ।

राहुलले सात खेलमा १२ विकेट लिएका छ न्। यससँगै उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्षस्थानमा छन् । काठमाण्डू गोर्खाजविरुद्धको खेलमा राहुलले चार ओभरमा ३१ रन खर्चिएर चार विकेट लिएका थिए ।

त्यसपछि लगातार दुई खेलमा विकेटविहीन भएका उनले पाँचौँ खेलमा दुई विकेट लिँदै पुनरागमन गरे । त्यसपछिका दुई खेलमा क्रमशः एक र तीन विकेट लिए ।

रिजनको निरन्तर विकेट

यस संस्करणमा बलिङतर्फ रिजन ढकाल उत्कृष्ट लयमा देखिएका छन् । चितवन राइनोजबाट खेलिरहेका ढकालले हासम्म पाँच खेलमा ११ विकेट लिएका छन् । उनले प्रतियोगिताका प्रत्येक खेलमा विकेट लिएका छन्।

रिजनको प्रभावशाली बलिङ चितवनका लागि महत्त्वपूर्ण बनेको छ । चितवनले हालसम्म खेलेका ६ खेलमध्ये तीन खेलमा जित हासिल गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवसमेत बटुलिसकेका ढकालले नेपालका लागि आठ टी–२० अन्तर्राष्ट्रिय र चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

ब्याटिङमा लोकेश बम अब्बल

ब्याटिङतर्फ लोकेश बमले यस संस्करणको एनपीएलमा राम्रो प्रभाव छोडेका छन् । विराटनगर किंग्सबाट खेलिरहेका उनले सात खेलमा २४२ रन बनाएका छन् । उनी लिगमा सर्वाधिक रन बनाउने ब्याटर हुन् ।

लोकेशले प्रतियोगितामा दुई अर्धशतकीय पारी खेलेका छन् । नेपालका लागि २९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका लोकेशले अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने डेब्यु गर्ने अवसर पाएका छैनन् ।

राशिद खान पनि पुनरामगनको खोजीमा

राशिद खानले पनि एनपीएलको तेस्रो संस्करणमा ब्याटिङबाट चर्चा बटुलेका छन् । काठमाण्डू गोर्खाजबाट खेलिरहेका उनले ६ खेलमा एक अर्धशतकसहित १५५ रन बनाएका छन्

राशिदले नेपालका लागि हालसम्म दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।