इनमसँग 'कनेक्सन' : कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

उनी नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ हुन् । शनिबार बेलुका उनलाई कीर्तिपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।

इनमसँग 'कनेक्सन' : कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

काठमाडौं । विभिन्न उच्चपदस्थ व्यक्तिहरूसँग चिनजान र त्यसैका आधारमा ‘सेटिङ’मा काम गराउने गरेको आरोप लगाइएका इनम सापकोटासित ‘कनेक्सन’ देखिएको भन्दै प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महेश श्रेष्ठ छन् ।

उनी नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ हुन् । शनिबार बेलुका उनलाई कीर्तिपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।

यस वर्ष असोज ११ गते पक्राउ गरिएका इनम हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनीमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणलगायत विषयमा अनुसन्धान गरिरहेको छ । उनीसँग जोडिएका व्यक्तिहरूमाथि समेत प्रहरीले निगरानी बढाएको छ ।