गोरखामा बुढीगण्डकी नदीमाथि भीषण सुक्खा पहिरो

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बस्ती नभएको क्षेत्रमा पहिरो गएकाले कुनै क्षति भएको छैन।

गोरखामा बुढीगण्डकी नदीमाथि भीषण सुक्खा पहिरो

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका १ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा शनिबार बिहान ठुलो सुक्खा पहिरो गएको छ।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बस्ती नभएको क्षेत्रमा पहिरो गएकाले कुनै क्षति भएको छैन।

उनका अनुसार तल बुढीगण्डकी नदी भए पनि पहिरो त्यहाँसम्म नपुगेकाले तत्काललाई नदी थुनिने अवस्था पनि देखिएको छैन ।

स्थानीयका अनुसार पहिरो आज बिहान ९ बजेतिर खसेको हो।

राजकुमार भट्टले सामाजिक सञ्जालमा पहिरोको भिडिओ राख्दै लेखेका छन्, ‘गोरखाको यारुबगरस्थित क्यान्टिलिभर पुलमाथिबाट ठुलो पहिरो गएको छ। मनास्लु पदयात्रामा गएको पदयात्रीहरू सुरक्षित रहनुहोला।’