काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसँग छठ पर्व मनाउन आज (शनिबार) जनकपुरधाम जाने भएका छन्।
रास्वपाका अनुसार जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पवित्र गंगासागरमा विधिपूर्वक छठ पर्व मनाउन लामिछाने दम्पती आज काठमाडौंबाट जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ।
पार्टी सभापतिसँग समन्वय, सहकार्य र उपस्थितिका लागि रास्वपाले पार्टीको मधेस प्रदेशअन्तर्गतका सम्पूर्ण तहका पदाधिकारी, सांसद, पार्टी सदस्य तथा पार्टीका सम्पूर्ण शुभेच्छुकलाई आग्रह गरेको छ।


