चितवनलाई जनकपुरले दियो ८९ रनको झिनो लक्ष्य

जनकपृुरलाई कम स्कोरमा रोक्न चितवनका रन्जित कुमारले तीन विकेट लिए। घातक बलिङ गरेका उनले तीन ओभरमा एक मेडन राख्दै दुई रन खर्चेर तीन विकेट लिए।

चितवनलाई जनकपुरले दियो ८९ रनको झिनो लक्ष्य

काठमाडौं । चितवन राइनोजका बलरले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८८ रनको योगफल तयार पारेको हो।

जनकपुरका लागि कप्तान हरमित सिंहले बनाएको २५ रन नै सर्वाधिक रह्यो। विशाल सुस्लिङ १५ रन बनाउँदा क्याच आउट भए।

ओपनर सन्तोष कार्की १० र तृतराज दास पाँच रन बनाउँदा रन्जित कुमारको बलमा क्याच आउट भए। रायन बर्ल ६, आदित्य महता चार र अविशेष तिवारी चार रनमा आउट भए। ह्यारी टेक्टर र जिम्मी निसम रनबिना नै पेभेलियन फर्के।

जनकपृुरलाई कम स्कोरमा रोक्न चितवनका रन्जित कुमारले तीन विकेट लिए। घातक बलिङ गरेका उनले तीन ओभरमा एक मेडन राख्दै दुई रन खर्चेर तीन विकेट लिए।

सिकन्दर राजाले चार ओभरमा दुई मेडन राख्दै १० रन दिएर दुई विकेट लिए। कमिल मिसाराले तीन ओभरमा १८ रन खर्चेर दुई विकेट लिए।

रिजन ढकालले दुई ओभरमा आठ रन दिएर एक विकेट आफ्नो नाममा गरे। कमल ऐरिले एक विकेट लिए। चितवनले अब केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।