घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात खुल्यो

नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार मुग्लिन र धादिङतर्फबाट डोजर, लोडर, एक्साभेटर र जेसीबी प्रयोग गरी पहिरो व्यवस्थापन गरिएको हो ।

घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात खुल्यो

काठमाडौं । घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सोमबार बिहान खसेको पहिरो पन्छाएर दिउँसो १ः३० बजेदेखि यातायात सेवा सुचारु गरिएको हो ।

नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार मुग्लिन र धादिङतर्फबाट डोजर, लोडर, एक्साभेटर र जेसीबी प्रयोग गरी पहिरो व्यवस्थापन गरिएको हो ।

उक्त स्थानमा आइतबार पनि सुक्खा पहिरो खसेर केही समय सडक अवरुद्ध भएको थियो । गएराति १ बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

पहिरो खसेको स्थान मुग्लिनबाट तीन किलोमिटर काठमाडौंस्थित दिशातर्फ पर्दछ । सडक सञ्चालनमा आएसँगै जाममा रहेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।