सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

कास्कीको अन्नपूर्ण गाउँपालिका-१ घट्टेखोलामा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडकखण्ड अवरूद्ध बनेको छ ।

सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-१ घट्टेखोलामा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडकखण्ड अवरूद्ध बनेको छ ।

आइतबार खसेको पहिरो पन्छाएपछि सडक सुचारू गरिएपनि पुनः सोही स्थानमा आज अपरान्ह पहिरो खस्दा यातायात सेवा प्रभावित भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक रामप्रसाद सोपकोटाले जानकारी दिइ ।

'पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ', उनले भने, 'केहीबेरमा एकतर्फी यातायात संचालनमा आउँछ, दुईतर्फी खुलाउन अझै समय लाग्ने देखिएको छ ।' सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन् ।