नेपाल प्रिमियर लिगः सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको चुनौती

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल बनाएको हो ।

नेपाल प्रिमियर लिगः सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको जारी खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जितको लागि १७७ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल बनाएको हो । सुदूरपश्चिमको लागि सैफ जैबले सर्वाधिक ३५ रन बनाए । उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

त्यसैगरी विनोद भण्डारीले २२ बलमा २७ रन जोड्दा ब्रान्डन म्याकमुलेनले १६ बलमा २४ रन बनाए । त्यस्तै इशान पाण्डेले २३ रन बनाए भने थारिन्दु रत्नायकेले अविजित २२ रन तथा स्कट कुग्गेलेइनले अविजित १३ रनको योगदान दिए ।

बलिङतर्फ कर्णाली याक्सका बलर मार्क वाटले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । त्यस्तै नन्दन यादव, सूर्य तामाङ र हुसेन तलातले समान १÷१ विकेट हात पारे । कर्णाली अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।