काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा गोली चलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार साँझ गोली चलाएर एक व्यक्ति पक्राउ गरेको हो ।
परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार, गोकर्णेश्वर नगरपालिका–३ दाम्पा भन्ने ठाउँमा गोली चलेको हो । पक्राउ पर्नेमा सुजन तामाङ नाम गरेका व्यक्ति रहेको उनले बताए । उनले डलर देखाएर ठगी गर्ने गरेका थिए ।
प्रहरीले खोजतलासको क्रममा भाग्न खोजेपछि सुरुमा एक राउन्ड हवाइ गरेको थियो । त्यसपछि पनि नियन्त्रणमा लिन नसकेपछि उनलाई खुट्टामा गोली चलाएर नियन्त्रणमा लिइएको एसएसपी घिमिरेले बताए ।

