आईजीपीलाई पहिलो पटक गृहमन्त्रीले लगाए फूली

बुधबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दज्र्यानी चिह्न लगाइदिएका हुन्। यसअघि गृहसचिवले दर्ज्यानी चिह्न लगाउने गरेका थिए।

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षकलाई पहिलो पटक गृहमन्त्रीले दज्र्यानी चिह्न लगाइदिएका छन्।

बुधबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दज्र्यानी चिह्न लगाइदिएका हुन्। यसअघि गृहसचिवले दर्ज्यानी चिह्न लगाउने गरेका थिए।

सरकारले आजै केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। मन्त्रिपरिषद्को आकस्मिक बैठकले दानबहादुर कार्कीलाई हटाएर केसीलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो।