बझाङमा जीप दुर्घटना: दुईजनाको मृत्यु, ६ घाइते

बझाङको केदारस्युँ गाउँपालिका–७, भामचौर नजिकै डाँडाइजर सुडेधार खोलामा जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।

बझाङमा जीप दुर्घटना: दुईजनाको मृत्यु, ६ घाइते

काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७, भामचौर नजिकै डाँडाइजर सुडेधार खोलामा जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७, काँडाचौरका गोपाल धामी र पवित्रा धामी रहेका छन् ।

से ००१ च ४३७६ नम्बरको जीप ब्रेक फेल भएर बुधबार बिहान दुर्घटनामा परेको हो । काँडाचौरका स्थानीयलाई बोकेर बाग्थलातर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।