काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको तिहारका अवसरमा बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने भएको छ ।
बैंकले प्रतिव्यक्ति २।५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामका लक्ष्मी तथा गणेश अंकित चाँदीका मेडालियन ९सिक्का० एक–एक थानका दरले बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट आगामी कात्तिक १९ र २० गते सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गरिनेछ । बैंकका अनुसार उक्त अवधिमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पङ्क्तिबद्ध सेवाग्राहीलाई मौज्दात कायम रहेसम्म बिक्री गरिनेछ ।
असर्फी तथा मेडालियन खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा उक्त कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ ।
खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । सुनको असर्फी तथा चाँदीका मेडालियनको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । मूल्य निर्धारण भएपछि मात्रै बिक्री प्रक्रिया सुरू हुनेछ ।
नेपालीहरूले तिहारमा लक्ष्मी पुजा गर्न धनतेरसको दिन सुन चाँदी जस्ता बहुमूल्य धातुहरु जोड्ने र लक्ष्मीपुजामा पुजा गर्ने संस्कृति र परम्पराको रुपमा रहँदै आएको छ ।
यस संकृति अनुसार नै राष्ट्र बैंकको टक्सार महाशाखाले हरेक वर्ष तिहारअघि सुनका असर्फी र चाँदीका मेडालियन सिक्का बिक्री गर्दै आएको छ । गत वर्ष भने राष्ट्र बैंकले सुनको असर्फी बेचेको थिएन, चाँदीको सिक्का मात्र ग्राहकले पाएका थिए ।

