काठमाडौं आइपुगे भारतीय विदेशसचिव मिश्री

भारतीय विदेशसचिव मिश्रीले काठमाडौँमा रहँदा प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसँग पनि शिष्टाचार भेट गर्ने स्रोतले जनाएको छ।

काठमाडौं आइपुगे भारतीय विदेशसचिव मिश्री

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौँ आइपुगेका छन्। दुईदिने औपचारिक भ्रमणका क्रममा बुधबार बिहान मिश्री काठमाडौँ आइपुगेका हुन्।

मंसिर पहिलो साता हुने प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका क्रममा मिश्री काठमाडौँ आएका हुन्।

परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौँ आएका मिश्रीले समकक्षी राईसँग बुधबारै द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ।

त्यसक्रममा प्रधानमन्त्री शाहको आगामी मंसिर ६ देखि ८ सम्म हुन लागेको भारत भ्रमणको तयारीका विषयमा छलफल हुने बताइएको छ।

भारतीय विदेशसचिव मिश्रीले काठमाडौँमा रहँदा प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसँग पनि शिष्टाचार भेट गर्ने स्रोतले जनाएको छ।

त्यसैगरी उनले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

त्यसक्रममा नेपाल–भारत सम्बन्धका समग्र आयामको समीक्षा र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने जनाइएको छ।

उनी भोलि कात्तिक १९ गते दिल्ली फिर्ता हुनेछन्। यसअघि मिश्री विदेशसचिव भएलगत्तै गएको साउन २७ गते पनि काठमाडौँ आएका थिए। लगत्तै उनी भदौ १ गते पनि काठमाडौँ आए।

त्यसअघि २०८१ मा पनि उनी पहिलो औपचारिक भ्रमणका क्रममा नेपाल आएका थिए।